sucide letter on fb wall

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

काठमाडौं: फेसबुकमा स्टाटस लेखेर आत्महत्या गर्न लागेका एक युवालाई महानगरीय प्रहरी अपराध महाशाखाले बचाउन सफल भएको छ ।
बिहीबार दिउँसो आत्महत्याको नोट लेखेर फेसबुकमा पोस्ट गरेपछि आफ्नो ज्यान आफैं लिन तयार भएका एक युवकलाई प्रहरीको टोलीले तत्कालै खटिएर बचाएको हो । प्रहरीका अनुसार फेसबुक आयरल्याण्डले उक्त पोस्टपछि ती युवाको प्रोफाईल अध्ययन गर्दा एक्टिभिटि शून्य पाएकाले तत्कालै खटिएर उनलाई बचाउन सकिएको हो । शुक्रबार मध्यराति ००:२३ बजेको समयमा नेपाल प्रहरीलाई ईमर्जेन्सी एलर्ट गराई फेसबुक आयरल्यान्डले ती युवाको ज्यान रक्षाको लागि अनुरोध गरेको थियो । म्यासेज प्राप्त हुना साथ महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपतिकुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले ईमर्जेन्सी रेस्पोन्स गरी तत्काल अनुसन्धान शुरु गर्योक ।अनुसन्धानबाट आत्महत्या गर्न लागेको युवक जिल्ला झापा बस्ने स्नातक तहमा अध्ययनरत रहेको पत्ता लगाई आवश्यक काउन्सिलिङ समेत प्रदान गरी दुर्घटनाहुनबाट जोगाउन सफल भयो ।
सामान्य अवस्थामा आए पश्चात युवकले नेपाल प्रहरीको तदारुकता माथी आश्चर्य व्यक्त गर्दै धन्यवाद ज्ञापन गरी अव उप्रान्त यस्तो कार्य नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
आफ्ना किशोर किशोरी छोराछोरीहरुको कृयाकलापमा विषेश अभिरुची राखी सम्भावित खतराबाट जोगिन आवश्यक सल्लाह, सुझाव र निग्रानी राख्न महानगरीय अपराध महाशाखाले अभिभावक समक्ष अनुरोध गरेको छ ।
अन्नपूर्ण पोस्ट बाट

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About ankit

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment